विद्यार्थी बोकेको अटो रिक्सा दुर्घटना : पाँच गम्भीर घाइते

 असार ५, २०७६ बिहीबार १४:३७:२९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – सिद्धिचरण नगरपालिका–४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका–५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिमा रहेको को २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो । अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

घाइते विद्यार्थीहरु  रुम्जाटार मावि विद्यार्थीहरु रहेका छन् ।  अटोमा सवार चार जना विद्यार्थीहरुध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमध्ये सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्गनारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोशी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहालको अवस्था गम्भीर छ । अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ ।  ओखलढुंगास्थित सामुदायिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्राथमिक उपचारपछि घाइतेहरुलाई हेलिकप्टरबाट काठमाण्ठौ पठाउने तयारी गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया