बिच भलिबल : पुरुषतर्फको उपाधि आर्मी र महिलातर्फको उपाधि एपीएफलाई

 असार ९, २०७६ सोमबार १५:१०:१६ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा सञ्चालित छैठौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष 'बीच भलिबल प्रतियोगिता' को उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ एपीएफ क्लब जितेको छ । 

कास्की जिल्ला भलिबल सङ्घकाे आयाेजना र नेपाल भलिबल सङ्घको तत्वावधानमा गएको असार ५ देखि फेवाताल किनारमा सञ्चालन भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । 

फाइनल खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामी मगरको जोडीलाई हराएको हो । गण्डकी प्रदेशलाई हराउने क्रममा आर्मीले २१-१६ ,१८-२१ र १८-१६ को नतिजा निकालेको थियो । 

महिलातर्फको फाइलन खेलमा सशस्त्र प्रहरीको ‘ए’ टिमकी विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरी ‘ए’ टिमकी नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१-१३ को सोझो सेटमा पराजित गरेको हो ।  

प्रतियोगिताको विजेता टिमले ३० हजार रुपैयाँ, ट्रफी र प्रमाण प्राप्त गरे भने उपविजेताले २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपीएफकी विनिता बुढाथोकीले प्राप्त गरे । उनीहरुले समान तीन/तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडीले तेस्रो स्थान हासिल गर्दा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडी तेस्रो भए । दुवै टिमले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया