काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
माेरङ - नेपाल–भारत सीमा क्षेत्र जोगबनीमा गएकाे १५ दिनदेखि विभिन्न नाममा अवरोध हुँदै आएको छ ।
भारतीय पक्षका केही नागरिक समाजका अगुवा भन्नेहरुले सडक स्तरोन्नति गर्नुपर्ने माग गर्दै जोगवनी नाका ठप्प पारे । त्यसको केही दिनपछि फेरि स्थानीयले अत्याधिक भिडभाड भयो भन्दै त्यहाँ सवारीका साधनहरुलाई व्यवस्थित गराउन भने ।
त्यसलाई भारतीय प्रशासनले सुनुवाइ गर्ने भन्दै स्थानीयसँग बार्ता गरेपछि जोगबनीका स्थानीयले आन्दोलन फिर्ता लिए । त्यसलाई सम्बोधन गर्न गएकाे शुक्रबारदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनीको रुटबाट खाली मालवाहक सवारी साधन लैजान रोक लगायो । त्यसले फेरि नेपाललाई नै मालवाहक सवारी साधन ओहोर दोहोरमा समस्या निम्त्यायो ।
जोगबनी नाकाबाट दैनिक ३ सयभन्दा बढी मालवाहक सवारी साधनहरु आउजाउ गर्नेमा भारतीय पक्षले रोक लगाएपछि दैनिक ७ वटासम्म मात्र मालवाहक सवारीहरु नेपाल भित्रने गरेका छन् ।
सीमावर्ती भारतीय बजार जोगबनीको स्थानीय प्रशासनले नेपाल–भारत पारवहन सन्धि र बीबीआईएन पारवहन सन्धिविरुद्ध जोगबनी–विराटनगर नाकाबाट आवत–जावतमा रोक लगाएको हो । भारततर्फ अवरोध भएका कारण जोगवनी रेल्वे स्टेशनसम्म औद्योगिक कच्चा पदार्थ लिन मालवाहक सवारी साधनहरु जान पाएका छैनन् ।
खाली मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा मात्र जान दिइएको छ । बाँकी सवारी साधनहरु सडकमै राख्ने गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
नेपालले पारवहनको सुविधा पाएको जोगबनी रुट भएर जाने खाली सवारी साधनलाई रोक लगाएकाले अत्यावश्यक इन्धन ढुवानी गर्ने सवारी साधन पनि जान पाएका छैनन् । भारततर्फ फारबिसगञ्ज प्रशासनले परिपत्र नै पठाएर रोक लगाएको हो । परिपत्रमा जोगबनी बजारमा भएको जाम कम गर्नका लागि सवारी साधन रोक्नु परेको बताइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भारतीय पक्षले अप्ठेरो पार्ने खालको निर्णय गरेपछि त्यो बारेमा बसेर पटक पटक छलफल भएको बताउनुभयाे । ‘विभिन्न बहानामा गएकाे २ हप्तादेखि विराटनगर भन्सारमा समस्या हुँदै आएको छ’, प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयाे, ‘भारतीय पक्षले आजदेखि सहज गर्छु भनेको छ, सायद भोलिदेखि केही समस्या समाधान होला ।’
आईसीपीबाट सवारी साधनहरु छुटाउने र जोगबनी नाकालाई लोड कम गर्ने बारेमा छलफल भए पनि आईसीपी निर्माण कम्पनीले भारतीय पराराष्ट्र मन्त्रालयको आदेश मागेपछि त्यो विकल्प पनि तत्काललाई तुहिएको छ ।आईसीपी निर्माण भएर पनि सञ्चालन नहुने अनि जोगबनीमा भिड व्यवस्थापनको लागि भन्दै स्थानीय प्रशासनले सवारी आउजाउमा कडाइ गर्न थालेपछि त्यसको असर नेपालमा पनि परेको हो ।
आर्थिक वर्षको मुखमा भएको असहजताले राजश्वमा त असर गर्छ । सजिलाे आवागमनको व्यवस्था मिलाउने बारेमा भन्सार कार्यालयले भन्सार विभाग र विणिज्य विभागलाई समस्याको बारेमा जानकारी गराइसकेको छ ।
समस्याका बीचमा पनि रित्ता इन्धन बोक्ने ट्याङ्करलाई पहिलो चरणमा पठाउन भनिएको र बुधबारदेखि सहज भएको अवस्थामा मालवाहक गाडीहरुलाई पनि सवस्थित गर्दै पठाइने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।