'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुने भएको छ । ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
बिहीबार भएको अन्तिम सेमिफाइनलमा डेफेन्डिङ च्याम्पियन चिलीलाई ३–० ले स्तब्ध बनाउँदै पेरुले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
चिलीलाई पराजित गर्ने क्रममा पेरुले २ गोल पहिलो हाफमा गरेको थियो । १ गाेल भने दाेस्राे हाफमा सम्भव भएकाे थियाे । २१ औं मिनेटमा इडिसन मिचेल पिरिएल्टाले एन्ड्रे मार्टिन केरिलियोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसको १७ मिनेट पछि पेरुले गोल संख्या दोब्बर बनायो । ३८ औं मिनेटमा केरिलियोकै सहयोगमा भिक्टर फालेर्सले गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।
२–० ले पछि परेको चिलीले गोल गर्ने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । पहिलो हाफमा २ गोल गरेकाे पेरुले अन्तिम समयमा १ गाेल थपेकाे थियाे । ९१ औं मिनेटमा पाउलाे गुरेराेले गाेल थप्दै ३-० काे जित दिलाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।