'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
नयाँ सिजनको तयारीमा रहेको युरोपेली च्याम्पियन लिभरपुलले प्रि-सिजन टूर अन्तर्गत अमेरिकाको इन्डियानामा खेलिएको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बोरसिया डर्टमण्डसँग पराजय भोगेको छ ।
इन्डियानाको नोट्रे डेम रंगशालामा नेपाली समय अनुसार शनिबार बिहान खेलिएको खेलमा लिभरपुल ३-२ गोलअन्तरले पराजित भएको हो । दोस्रो रोजाइको टिमलाई सुरुवाती अवसर दिएको लिभरपुलले खेल सुरु भएको तेस्रो मिनेटमै गोल खाएको थियो । जियो रेइनाको पासमा पाको अल्कासरले गोल गरेका थिए ।
३५ औंँ मिनेटमा फाबिनोको पासमा ह्यारी विल्सनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले बराबरी गरेको थियो । तर, दोस्रो हाफमा ५ मिनेटको अन्तरमा २ गोल खाएपछि लिभरपुल खेलमा फर्कन सकेन । ५३ औंँ मिनेटमा थोमस डेलानी र ज्याकोव ब्रुन लार्सेनले ५८ औं मिनेटमा गोल गरी डर्टमण्डलाई ३-१ को अग्रता दिलाए ।
प्रशिक्षक क्लोपले ६० औं मिनेटमा गोलरक्षकबाहेक १० खेलाडी परिवर्तन गरी खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । डिभोक ओरिगीलाई प्रतिस्थापन गरेका रेहिन ब्रेस्टरले ७५ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल गरे पनि लिभरपुलले खेलमा आफ्नो पराजय टार्न सकेन ।
यसअघि दुई ओटा मैत्रीपूर्ण खेलमा इंग्लिस टोलीविरुद्ध फराकिलो जित हासिल गरेको लिभरपुलले अमरिका भ्रमणलगत्तै पहिलो पराजय भोगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।