'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
एसिया छनोटको पहिलो खेलमै कतारसँग पराजित भएपछि दोस्रोपल्ट टी-२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालका लागि ठूलो झट्का लागेको छ । तर, नेपाल प्रतियोगिताबाटै बाहिरिसकेको भने छैन ।
सिंंगापुरमा भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा प्रतियोगिताकै उच्च वरीयताको नेपालले अप्रत्याशित पराजय बेहाेरेकाे छ । कतार ४ विकेटले विजयी भएको हो ।
कतारले सोमबार भएको खेलमा आयोजक सिंगापुरसँग ३३ रनको पराजय बेहाेरेकाे थियो । पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ । जसको शीर्ष स्थानमा रहने टोलीले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म यूएईमा हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।
प्रतियोगितामा कतारको २ खेलबाट २ अंक भएको छ । सिंंगापुर र मलेसियाले समान १ खेल खेलेर २ अंक जोडेका छन् । नेपाल र कुवेत अहिलेसम्म अंकविहीन छन् । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले बाँकी तीनै खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्छ ।
नेपालले बुधबार मलेसियासँग खेल्नेछ भने शनिबार सिंगापुर र आइतबार कुवेतविरुद्ध खेल्नेछ ।
कस्ताे छ छनाेट प्रक्रिया ?
अहिलाे भइरहेकाे एसिया छनाेटबाट दुई देश ग्लाेबल क्वालिफायरका लागि छनाेट हुने भए पनि यूएई ग्लाेबल क्वालिफायरकाे आयाेजक राष्ट्रका रुपमा छनाेट भइसकेकाे छ ।
यस प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीमात्र ग्लोबल क्वालिफायरमा छनौट हुने भएकोले पनि नेपाललाई सबै खेल जितेर आफूलाई अब्बल सावित गराउनुपर्ने स्थित रहेकाे छ ।
याे प्रतियाेगिताबाट सफल भएर अगाडि जान सके पनि विश्वकपमा पुग्न नेपालले यसभन्दा अझ कठिन चुनौतीकाे सामना गर्नुपर्ने हुन्छ । ग्लोबल क्वालिफायरमा विभिन्न क्षेत्रबाट छनाेट भएर आएका १४ राष्ट्रसँग प्रतिस्पर्धा गरेर शीर्ष चारमा पर्न सकेमात्र नेपालले विश्वकप खेल्ने सपना सार्थक हुनेछ ।
एसिया छनाेटकाे पहिलाे खेलमै कतारसँग हार बेहाेरेपछि नेपाललाई ग्लोबल क्वालिफायरसम्म पुग्न नै कठिन देखिएकाे छ भने ग्लोबल क्वालिफायर छिचाेलेर विश्वकपकै मैदानमा उत्रने सपना असम्भव नै त नहाेला तर साेचेजस्ताे र समर्थकहरुले अपेक्षा गरेजति सहज भने देखिँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।