'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका क्रममा नेपालको दुई कीर्तिमान बनेको छ ।
पारस खड्काको अनुपस्थितिमा नेपालको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले थोरै बलमा अर्धशतक बनाउने विनोद भण्डारीको कीर्तिमान आफ्नो नाममा सारेका हुन् ।
ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन प्रहार गरे । यसअघि मलेसियाविरुद्धको शृंखलाका क्रममा विनोद भण्डारीले २५ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान राखेका थिए ।
त्यस्तै, पहिलो विकेटका लागि ज्ञानेन्द्रले प्रदीप ऐरीसँग गरेको ६६ रनको साझेदारी पनि ट्वान्टी२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक साझेदारी हो । यसअघि कतारविरुद्धको खेलमा पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।