'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
अहिले पनि भारतीय टिमको बलिङ लाइनअप बलियो छ । भारतीय क्रिकेट टिम तीव्र गतिको बलिङको लागि प्रख्यात भैरहेको छ ।
भारतीय टिममा जाहीर खानले तीव्र बलिङलाई निकै समय नेतृत्व गरेका छन् । तर उनले जति खेल खेल्ने सौभाग्य भारतीय टिममा कमै बलरहरुले मात्र पाएका छन् ।
कौशलको कुनै कमी नभएका बलरहरु भारतीय टिममा आए र उनीहरुले लगातार राम्रो प्रदर्शन पनि गरे । बढ्दो प्रतिस्पर्धाका कारण फर्ममा तलमाथि हुनासाथ टिम बाहिर रहेपछि अर्को पटक टिममा कमब्याक गर्न निकै कठिन हुने गरेको छ ।
प्रवीण कुमार
भारतीय टिममा आएपछि प्रवीणको बल स्विंग गर्ने कलाले सबैलाई प्रभावित गरेको थियो । उनी आवश्यकता अनुसार बललाई स्विंग गर्न सक्थे । सन् २००८ मा अस्ट्रेलियामा भएको कमनवेल्थ सिरिजमा ४ खेलमा १० विकेट लिएपछि प्रवीण टिमको नियमित सदस्य पनि भए ।
भारतीय टिमबाहेक इण्डियन प्रिमियर लिग आईपीएलमा ह्याट्रिक गरेर उनले आफूलाई अझैं खास बलरको रुपमा प्रमाणित गरेका थिए । भारतको लागि ६८ एकदिवसीय क्रिकेट खेलेका उनले ७७ विकेट लिए ।
तर समय सधै एकनासको कहाँ हुन्छ र ? सन् २०१२ को एसिया कपमा उनको प्रदर्शन यति नराम्ररी खस्कियो कि उनी टिमबाट नै बाहिरिए । जसका कारण उनी फेरि टिममा पर्न असफल भएपछि सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।
आर पी सिंह
आरपी सिंहले सन् २००५ मा भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । तत्कालीन समयका उत्कृष्ट बलर मध्येका एक आरपी तेस्रो एकदिवसीय क्रिकेटमै म्यान अफ द म्याच घोषित भए ।
आक्रामक स्वभाव र स्विंग गर्ने कलाले गर्दा उनी चाँडै नै सफल भएका थिए । सन् २०११ मा इङल्यान्डविरुद्धको आफ्नो अन्तिम एकदिवसीय खेलमा खराब प्रदर्शन गरेका कारण उनी अर्को पटक टिममा परेनन् । सन् २०११ मा अन्तिम टेस्टमा ३४ ओवर फालेका उनले एक विकेट पनि लिन सकेनन् ।
त्यसपछि उनको धेरै आलोचना पनि भएको थियो । सन् २०११ मा टिमबाट बाहिरिएपछि आरपी दोहोरिएर टिममा परेनन् र सन् २०१६ मा उनी आईपीएलमा पनि किनिएनन् ।
मुनाफ पटेल
मुनाफ पटेल पनि भारतका तीव्र गतिका बलर हुन् । पटेल लगातार १४० किलोमिटर प्रति घण्टाको गतिमा बलिङ गर्दथे ।
घाइते भएपछि उनको रफ्तारमा कमी आयो । भारतलाई सन् २०११ को विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुनाफले ७० एकदिवसीय क्रिकेटमा ८६ विकेट लिएका छन् ।
सन् २०११ को विश्वकप जितेपछि भारतले इङल्यान्डसँगको सिरिजमा लज्जास्पद हार बेहोरिएपछि मुनाफलाई टिमबाट निकालियो र उनी पुनः टिममा पर्न असफल भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।