'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट चरणअन्तर्गत नेपालमा हुने खेल अन्योलमा परेको छ ।
आगामी भदौमा नेपालमा पहिलो होम गेमअन्तर्गत अस्ट्रेलियासँग खेल्नु पर्ने तालिका सार्वजनिक भइसकेको छ । तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला मर्मत सम्भारका क्रममा रहेकाले नेपालको होम गेम अन्योलमा परेकाे हो ।
एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले एसियाली फुटबल महासंघलाई होम म्याचको सट्टा अवे म्याच खेल्ने र अन्य खेलहरु एएफसी.को खेलतालिका अनुसार नै खेल्नका निम्ति एसियाली फुटबल महासंघसँग समन्वय गर्ने निर्णय गरेको छ ।
तालिकाअनुसार १९ नोभेम्बरमा हुने नेपालको होम म्याचलाई पनि कुवेत फुटबल संघसँग समन्वय गरी कुवेतमा नै खेल्ने गरी कुवेत फुटबल संघ र एएफसीसँग आवश्यक पत्राचार गरी समन्वय र स्वीकृति प्राप्त भएपछि खेल्ने निर्णय गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
त्यस्तै बैठकले एन्फाको टेक्निकल डाइरेक्टरमा अस्ट्रेलियन नागरिक गेरी फिलिप्सलाई नियुक्त गरेको छ । हेड अफ् कोचेज एजुकेशन पदमा संजित सिंहलाई नियुक्त गर्दा हेड अफ् इलिट एण्ड युथ पदमा नवीन महर्जन र हेड अफ् वुमेन्स पदमा हरि खड्कालाई नियुक्त गरिएको छ ।
फिफा ग्रास रुटका लागि ४५ जिल्ला फुटबल संघहरुलाई अनुदान रकम प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी विश्वकपको र एएफसीका लागि राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्नेलगायतका निर्णय गरिएको छ । आपतकालीन बैठकले खेलाडीसँग प्रशिक्षणका क्रममा विवाद गरेका एथलेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।
साथै घटनामा सामेल भएका खेलाडीहरुलाई भने सचेत गराएको छ । त्यसैगरी खेलाडीहरुलाई सम्मान गर्नका लागि कार्डको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।