जुम्ला उज्यालाे बनाउन सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट

 साउन १९, २०७६ आइतबार १३:३८:४२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – साना जलविद्युत उपभोक्ता समितिको निर्माणाधीन आयोजना सम्पन्न हुन ढिलाइ भएपछि झण्डै तीन हप्तादेखि पूर्ण अध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ति बालिने भएको छ । 

भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेशिन जडान नहुँदै बिग्रिएपछि मेशिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

सदरमुकाम उज्यालोका लागि जुम्लामा प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट २४ लाख ६० हजार रुपैयाँको लगानीमा डिजेल प्लान्ट मेशिन खरिद गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिनुभयो । 

निर्माणाधीन मेशिन साना जलविद्युत उपभोक्ता समितिको पावर हाउसमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न वाँकी रहेको उहाँको भनाइ छ ।
मेशिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगञ्जबाट ४ दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी ( १६० किलोवाट) को मेशिन जुम्ला पुर्याइएको हो । 

सांसद महतले जुम्ला सदरमुकाम बत्ति विहीन भएपछि सरकारी कामकाज देखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै ५० लाख अल्पकालीन बत्ति बाल्नका लागि विनियोजन गरिएको बताउनुभयो ।

भारतीय दूतावासले सहयोग गरेको मेशिनको बिग्रेको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुस्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बताउनुभएको छ । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ति भने सहुलियत दरमा दिइने बताइएको छ । 

मेशिनको लागत, ढुवानी, तेल खर्चको विषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाई गरिने नेकपा कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताउनुभयो । 

१८ दिनदेखि बत्तिविहीन भएपछि जुम्लाकाे सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अँध्यारोमा छन् । 


 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया