धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
सर्लाही - शुक्रबार बिहान धादिङमा त्रिशूली नदीमा खसेकाे ना ६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्समा सर्लाहीबाट ४२ जना चढेकाे र चालक दलका तीन सदस्यसहित जम्मा ४५ जना रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
दुर्घटना भएकाे बस बिहीबार बेलुका सवा ६ बजे सर्लाहीकाे मलंगवाबाट काठमाण्डाैका लागि छुट्दा त्यसमा रहेकाे यात्रुकाे संख्या ४२ देखिए पनि टिकट भने जम्मा २८ ओटामात्र काटेकाे भेटिएकाे छ । एउटै टिकटमा ३ जनासम्मले यात्रा गरेकाले टिकटमा नाम थर खुलेका बाहेक बाँकी यात्रुको परियच खुलाउन समस्या परेको सर्लाही प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा ज्यान गुमाएका दुईजनाको परिचय खुलेको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको परिचय खुलेको र एक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म १६ जनाको उद्धार गरी ९ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र सात जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा रहेका यात्रु तथा चालक दलका सदस्यहरुकाे विवरण:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।