तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
मोरङ – प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पानीमा डुबेर गएको २४ घण्टाभित्रमा चार जनाको ज्यान गएको छ ।
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-७, सिजुवाका शिव मुखियाका १० वर्षीय छोरा आकाश मुखियाको खोलामा डुबेर ज्यान गयाे । शनिबार बिहान घरबाट हिँडेका आकाश साँझसम्म नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय सिजुवामा खबर गरे । प्रहरीले उनलाई राति रतुवा खोलामा मृत अवस्थामा फेला पार्याे ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर-३, विराट पोखरा बस्ने रोशन बेसराका २ वर्षीय छोरा अजित बेसराको खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर ज्यान गयाे ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीय मोहन भट्टराईको खेती खोलामा डुबेर ज्यान गयाे ।
सुनसरीकै रामधुनी नगरपालिकामा पनि एक जनाको पोखरीमा डुबेर ज्यान गयाे । रामधुनी वडा नम्बर-६, ईचोल बस्ने ५० वर्षका सरिलाल राजधामीको घर नजिकै रहेको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।