टेलि–प्रिजेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठक सुरक्षित छ : प्रधानमन्त्रीको सचिवालय

 भदौ १०, २०७६ मंगलबार १२:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टेलि–प्रिजेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठक सूचना चुहावटका हिसाबले कुनै खतरा नरहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले प्रष्ट पारेको छ । उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलि–प्रिजेन्समार्फत मन्त्रिपरिषद बैठक सञ्चालन गर्नुभएको थियो । 

टेलि–प्रिजेन्समार्फत आयोजना गरिएको मन्त्रिपरिषद् बैठकको बारेमा सूचना चुहावटको जोखिमको प्रश्न उठेपछि प्रधानमन्त्री कार्यालयको सचिवालयले त्यस्तो कुनै जोखिम नरहेको प्रष्ट पारेको हो । टेलि–प्रिजेन्समार्फत बैठक गर्दा कसैले चाहेमा त्यहाँको निर्णय बीचमै चुहिन र दुरुपयोग हुन सक्ने सम्भावना रहेको भन्दै साइबर सुरक्षाका बारेमा प्रश्न उठाइएको थियो ।  

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलिले प्रधानमन्त्रीले प्रयोग गर्नुभएको टेलि–प्रिजेन्समार्फत प्रविधि पूर्णरूपमा सुरक्षित रहेको दाबी गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा यो बारेमा स्पष्ट पार्दै अलिले मन्त्रिपरिषद् बैठक सञ्चालनका लागि प्रयोग गरिएको टेली प्रिजेन्स प्रविधि गोपनीयता भंग हुने खालको नभएको स्पष्ट पार्नुभएको हो ।  

उहाँले लेख्नुभएको छ, ‘टेली प्रिजेन्समार्फत गरिएको ऐतिहासिक मन्त्रिपरिषद् बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ, यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेका छौं ।’ उहाँले टेलि–प्रिजेन्समार्फत गराईने बैठकमा कसरी प्रविधि कनेक्ट गराइएको हुन्छ भनी जानकारी पनि दिनुभएको छ । 

‘साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौँ सामान्य सुरक्षा कवचमा बसेर मन्त्रिपरिषद् जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न सक्दैन’, अलिले भन्नुभयो, ‘यसलाई सामान्य स्काइप कल, युट्यूब लाइभ जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।’

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया