काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
धनकुटा - वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले धनकुटाको साँगुरीगढी गाउँपालिकाका अति विपन्न परिवारलाई साैर्य बत्ती वितरण गरेको छ ।
गाउँपालिकालाई टुकीरहित बनाउने अभियान अन्तरगत वडा नम्बर ९ र १० का अति विपन्न १६ घर परिवारलाई सोलार वितरण गरिएको हो । साँगुरीगढी गाउँपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सोलार सेट वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष बिन्द्र राईले बताउनुभयाे ।
वडा नम्बर ९ का ८ तथा १० का ८ घरलाई वितरण गरिएको सोलार सेटकाे मूल्य प्रतिसेट झण्डै ८ हजार रुपैयाँ पर्ने जनाइएकाे छ । याे सेटबाट ३ वटा बत्ती बाल्न सकिन्छ ।
साँगुरीगढी गाउँपालिकामा १० वटा वडाहरु रहेका छन् । सबै वडाहरुका ८-८ घर परिवारलाई वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सोलार वितरण गर्ने गाउँपालिकाले जनाएको छ । अहिलेसम्म पनि बत्ती जडान गरेरबाल्न नसकेका विपन्न परिवारहरु पहिचान गरी गाउँपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरेर सोलार सेट वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।