प्रधानमन्त्री कप महिला क्रिकेटमा आर्मीले मधेशलाई १० विकेटले हर...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्ने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ २४ देखि असोज ७ सम्म तोकिएकोमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले समय केही हेरफेर गर्ने सम्भावना छ ।
जागरण अभियानको बारेमा जानकारी दिन कांग्रेसले बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्ने भएकाे छ । पार्टीको तल्लो तहसम्मको कमिटी निर्माण नगरी अभियान चलाउनुको कुनै औचित्य नभएको भन्दै अधिकांश केन्द्रीय सदस्यले अभियानअघि नै विधानअनुसारको तल्लो तहसम्मको कमिटी निर्माण गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
तल्लो तहसम्मकै कमिटी तयार पार्दा अभियान केही पछि धकेलिने सम्भावना छ । तर पार्टीको केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मिति भने बुधबार घोषणा हुने छ ।
बैठकमा भातृ संगठनहरुको केन्द्रीय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल भएको छ । यस्तै विदेशमा रहेका विभिन्न ३५ वटा जनसम्पर्क समितिहरुको पनि समयावधि थप गर्ने विषयमा छलफल भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु बुधबार सार्वजनिक गरिने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधानलगायतका १४ वटा बुँदामा छलफल भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।