होटल बाराही काठमाण्डाैलाई अन्तर्राष्ट्रिय सफलता, 'टफ्ट टाइगर' क...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले सोमबार उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाण्डौ आइपुग्नु भएका मन्त्री यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।
उहाँले बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग तथा ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँले दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्ने तयारी छ । वार्ता आर्थिक र विकास साझेदारीका साथै नेपाल–चीन सम्बन्धका विविध पक्षमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा तथा नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विकास परियोजनाको पुनरावलोकन र द्रूत कार्यान्वयनमा नेपालले जोड दिने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै चिनियाँ पक्षले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ बीआरआईमा नेपालले सहमति जनाइनसकेको विषयमा पनि कुरा राख्ने परराष्ट्र क्षेत्रका जानकारहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।