काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम (पश्चिम) - रुकुम(पश्चिम)को सदरमुकाम सल्लेबाट मुसिकोट खलंगा आउँदै गरेको ना. ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका १ छिङकी २२ वर्षिया सपना मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम निमित्त प्रहरी प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिनुभएको छ ।
घाईतेहरु अधिकाँश मुसिकोट नगरपालिका १ छिङका रहेका छन् ।
घाईते हुनेहरुमा चन्द्र विक, देवी केसी, विष्णु वुढाथोकी, अन्जु भण्डारी, झरना थापा, विष्णु खड्का, दिपीका बुढाथोकी, जेनिस ओली, अमृता ओली, मनिषा विसी थलबहादुर विक, जेनेसी चन्द, कमला चन्द, प्रवेश थापा र नविना थापा रहेका छन् ।
घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्लेले जनाएको छ ।
बस चालकलाई निन्त्रिणमा लिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।