काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी – दिपायल सिलगढी नगरपालिका-३ मा गएको असार २ गते एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि उहिले उहाँका छोरा छोरी बिचल्लीमा परेका छन् ।
रक्सीले मात्तिएका स्थानीय कृष्ण नेपालीले श्रीमतीले मासु नपकाइदिएको भन्दै अन्धाधुन्ध कैँचीले प्रहार गर्दा श्रीमतीको ज्यान गएको थियो । हत्यापछि अहिले कृष्ण जिल्ला कारागार डोटीमा कैद भुक्तान गरिरहेका छन् ।
हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार जना छोरा छोरीहरु बिचल्लीेमा परेका हुन् । ‘दशैँ आयो, सबैले नयाँ लुगा किन्दैछन् । मेरो नाति-नातिनालाई लुगा त के खानेकुरा पनि छैन’, गहभरी आँसु पार्दै नेपालीकी ६० वर्षीया आमा पार्वती नेपालीले भन्नुभयो ।’
पार्वतीलाई अहिले नाति-नातिनाको कसरी पेट भर्ने भन्ने चिन्तासँगै उनीहरुको अलपत्र पर्न लागेको पढाइले सताएको छ ।नाति-नातिनाको पढाइको जिम्मा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले लिए पनि अहिले भने सम्पर्क हुन नसकेको पार्वतीले गुनासो गर्नुभयो । ६० वर्षीया पार्वती बाथ रोगले ग्रसित हुनुहुन्छ । घरमा खाद्यान्नको अभाव छ, काम गरेर नाति-नातिनीलाई पाल्नसक्ने अवस्था पनि छैन ।
छिमेकीले दिएपछि मात्र उहाँकाे भान्छामा दाल, तरकारी पाक्छ । अभियुक्त कृष्णका जेठा छोरा अंकित १६ वर्षको हुनुभयो । उहाँ कक्षा आठमा पढ्नुहुन्छ । पढाइमा अब्बल अंकित कहिलेकाहीँ भोकै स्कुल जानुहुन्छ ।
त्यस्तै अंकितकी १२ वर्षीया बहिनी सन्ध्या कक्षा ५ मा पढ्नुहुन्छ । अर्का एक जना भाइले पढाइ छोडिसक्नुभयो भने जेठी दिदी कल्पना नेपाल प्रहरीमा भर्ना भएर अहिले सुदूर पश्चिम प्रदेशको प्रहरी तालिम केन्द्र दिपायलमा तालिम गर्दै हुनुहुन्छ ।
रक्सीले मातेका बुवाले आँखै अगाडि आमाको विभत्स हत्या गरेको देखेका कृष्णका छोराछोरी अहिले अरुसँग बोल्न पनि डराउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।