उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जाजरकोट - नलगाड नगरपालिकाको न्यायिक समितिकाे फैसलाबाट पालन पोषणकाे समस्यामा परेका दुई नाबालकले न्याय पाएका छन् ।
नलगाड नगरपालिका-५, सिर्केकी बिमला सिंह र नलगाड नगरपालिका-७ का सुनिल सिंहबीच जिल्ला अदालत जाजरकोटमा सम्बन्ध बिच्छेद भएपछि उनीहरुका ७ वर्षीय छोरा मानव सिंह र ४ वर्षीय छोरा विज्ञान सिंहको पालन पोषणमा समस्या देखिएको थियो ।
कानुन अनुसार आमा-बावुबीच सम्बन्ध विच्छेद भएपछि मानव र विज्ञान आमा बिमला सिंहसँग बस्दै आएका थिए । आमा बिमलाले उनीहरुको पालन पोषण एक्लै गर्न नसक्ने भएपछि छोराहरुको पालन पोषणका लागि नलगाड नगरपालिकाको न्यायिक समितिमा सुनिल सिहविरुद्ध उजुरी गर्नुभएको थियो ।
न्यायिक समितिका संयोजक, नलगाड नगरपालिकाका नगर उप प्रमुख बालकुमारी बस्नेत, सदस्यहरु राममाया हमाल र शेर बहादुर नाथको संयुक्त फैसलाले आवश्यक छानबिन गरी फैसला गरेको थियो ।
न्यायिक समितिको संयुक्त फैसलाले मानव र विज्ञानकाे पालन पोषणका लागि बुवा सुनिल सिहले मासिक ५ हजार रुपैयाँ आमासग रहँदासम्म दिने, उनीहरु बिरामी भएर आकस्मिक खर्च गर्नुपर्ने अवस्था आए बुवा सुनिलले ६० प्रतिशत, आमा बिमलाले ४० प्रतिशत रकम खर्च गर्नु पर्ने फैसला गरेको हो ।
निर्णय कार्यन्यन भए नभएको अनुगमण गर्नको लागी तत्काल नगरपालिकाले नगर प्रहरीको व्यवस्था गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।
नलगाड नगरपालिकाको न्यायिक समितिमा ३६ वटा उजुरी दर्ता भएको न्यायिक समितिका कर्मचारी किरण थापाले बताउनु भयो । उहाँका अनुसार न्यायिक समितिमा दर्ता भएका ३६ वटा उजुरीमध्ये १९ वटाकाे फैसला भएकाे र बाँकी ११ वटा छलफलमा जान बाँकी छन् ।
न्यायिक समितिले सामान्य छलफलबाट १० वटा, कानुुनी प्रक्रियाबाट ९ वटा उजुरी फैसला भइसकेको बताउँदै बाँकी ६ वटा उजुरीहरु छलफल, मिलापत्र तथा फैसलाको लागी पेशीमा रहेका छन् ।
इजलास र कानुनी प्रक्रियाले साक्षीको बयानको आधारमा फैसला गर्ने जाजरकोटका न्यायिक समितिहरुमा नलगाड नगरपालिकाको समिति जिल्लाकै पहिलो न्यायिक समिति बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।