रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपालकाे दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता हुनुभएको छ ।
दुईदिने भ्रमण सकेर उहाँ आइतबार दिउँसाे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गर्नुभएकाे थियाे ।
बिदाइ समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे ।
साेल्टी हाेटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणकाे उल्लेख्य सहभागिता थियाे ।
राष्ट्रपति सी स्वदेश फर्कनुअघि आईतबार दुई देशबीच उच्चस्तरीय वार्ताका साथै विभिन्न २० वटा समझदारी पत्रमा हस्ताक्षर गरिएकाे थियाे ।
हेर्नुहाेस् तस्बिर:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।