फ्रेञ्च लिग वानमा पीएसजीकाे प्रभावशाली जित, डी मारियाले गरे दुई गाेल

 कात्तिक २, २०७६ शनिबार ६:५१:२६ | एजेन्सी
unn.prixa.net

फ्रेञ्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले लामो समयको ब्रेकपछिको खेलमा निसमाथि प्रभावशाली जित निकालेको छ । नौ खेलाडीमा झरेको निसलाई पीएसजीले चार-एकले हरायो ।

पीएसजीको जितमा एञ्जल डी मारियाले दुई गोल गरे । खेलको १५ औँ मिनेटमा मारियाको गोलमा पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि २१ औं मिनेटमा फेरि मारियाले नै गोल गर्दै पीएसजीलाई दुई-शून्यले अगाडि राखे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पीएसजीविरुद्ध ६७ औं मिनेटमा निसले एक गोल फर्काएको थियो । उसका लागि गानागोले गोल गरेका थिए । तर त्यसपछि निसले तीन मिनेटका फरकमा दुई वटा रातो कार्ड पाउन पुग्यो ।

७४ औं मिनेटमा साइप्रिनले दोहोरो पहेलो कार्ड पाए भने ७७ औं मिनेटमा हेरेलीले सोझै रातो कार्ड पाउँदा निस नौ खेलाडीमा झर्न पुग्यो । जसको फाइदा उठाउँदै पीएसजीले दुई मिनेटको फरकमा दुई गोल थप्न सफल भयो । ८८ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे भने ९० औं मिनेटमा इकार्डीले गोल गर्दै चार-एकको अवस्थामा पुर्‍याए । 

यो जितसँगै पीएसजीले अंकतालिकामा दश खेलबाट २४ अंक बनाएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया