उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात, स्थानीयवासी खुशी

 फागुन ५, २०८१ सोमबार ११:५१:४८ | रासस
unn.prixa.net

गोरखा – उत्तरी गोरखामा पुनः हिमपात भएको छ । यस पटकको हिउँदमा अहिलेसम्मकै धेरै हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो सुक्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो । दुई दिन अगाडि सामान्य हिउँ परेको भए पनि अहिले परेको हिउँ यो यामकै सबैभन्दा ठूलो हिमपात भएको उहाँको भनाइ छ ।

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फको गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ ।

मध्यराति १२ बजेदेखि शुरू भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट झन्डै एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ ।

धेरै हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको छ । तर लामोसमयपछिको हिमपातका कारण अन्नबाली उत्पादन राम्रो हुने भएकाले स्थानीयवासी खुशी भएका छन् ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया