धादिङबेसीमा फागुन १६ र १७ गते बागमती साहित्य महोत्सव

 फागुन ५, २०८१ सोमबार ९:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङको सदरमुकाम धादिङबेसीमा आउँदो १६ र १७ गते बागमती साहित्य महोत्सव हुने भएको छ ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  सहयोगमा कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ धादिङको व्यवस्थापनमा साहित्य महोत्सव हुन लागेको हो ।

साहित्यमार्फत बागमती प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यका अनुसार स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्न महोत्सवले सहयोग पुग्नेछ ।

बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायकाबीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवर्द्धन गर्ने र युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया