उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रामेछाप - रामेछापमा सुस्त मनस्थिति भएकी किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी छिमेकी १७ वर्षीया युवतीलाई घरमा सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेकाे प्रहरीले जनाएकाे छ ।
जबर्जस्ती गर्ने क्रममा किशाेरी चिच्याएपछि परिवारका सदस्यहरुले थाहा पाएकाे र त्यतिन्जेल माझी भागेकाेले उनकाे खोजी गर्न परिवारका सदस्यहरुले प्रहरीमा खबर गरेका थिए । खबर पाएपछि स्थानीय र प्रहरी खोजीकार्यमा जुटेका र खाेजीका क्रममा माझीलाई सोमबार दिउँसो मन्थली नगरपालिका वडा नम्बर-१, रणजोर खोलाबाट प्रहरीले पक्राउ गरेको थियाे ।
पक्राउ परेका माझीलाई प्रहरीले हिरासतमा राखेर मंगलबार जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टिकेन्द्र पौडेलले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।