नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न ...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलाेमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ ।
दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् ।
यसकै विरोधमा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले र्याली निकालेको छ । र्यालीमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्च्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने बताउनुभयाे । साथै उहाँले नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
प्रदर्शनी मार्गबाट सुरु भएको र्याली बागबजार हुँदै शान्तिवाटिकामा गएर कोणसभामा परिणत भएकाे थियाे ।
यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक पटक नेपाली पक्षले विरोध जनाउँदै आएका छन् । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर नै नेपाली झण्डा फहराएका थिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याको सम्बोधन गर्न माग गरेको छ ।
नेपाल सरकारले भने सीमा मिचिएको भन्ने सम्बन्धमा भारतको आधिकारिक नक्सा मगाएर अध्ययन भएको र चाँडै नै सरकारको तर्फबाट निर्णय आउने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।