काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
बाँके – नेपालगञ्जको फत्ते बाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पतीको प्रतिमा स्थापना गरिएको छ ।
अस्पतालका संरक्षक ९५ वर्षीय शाह र उहाँकी पत्नी रुद्रकुमारी शाहको प्रतिमा स्थापना गरिएको हो । शाह दम्पत्तीले काठमाण्डौको कान्तिपथमा तीन रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका हुन् । एक अर्ब रुपैयाँ बराबरको घर जग्गा शाह दम्पतीको शेषपछि अस्पतालले प्रयोग गर्नेभएको छ ।
फत्तेबाल आँखा अस्पताल श्रीजङ्गका बुवा कप्तान फत्तेजङ्ग शाह र आमा बाल दिव्येश्वरी शाहले नेपालगञ्जको फुल्टेक्रामा एक विघा जग्गा र घर दान गरेपछि २०४३ सालमा स्थापना भएको हो । प्रतिमा अनावरणपछि शाहले अस्पतालबाट प्राप्त सम्मानले आफूलाई भावुक बनाएको बताउनुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्माका अनुसार अस्पतालका लागि कमलकुमार टण्डनले ६२ लाख बढी रुपैयाँको सहयोगमा एक सय बेड, पार्किङसँगै गरिब तथा असहाय बिरामीको उपचारमा सहयोगका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।
श्रीजङ्ग र रुद्रकुमारीको प्रतिमाको अनावरण गर्दै नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख उमा थापा मगरले सहयोग लिन र पाउनका लागि मरिहत्ते गर्ने समाजमा दिनसक्ने श्रीजङ्ग जस्ता समाजसेवी दानवीरको सम्मानमा कुनै कञ्जुस्याई हुन नहुनेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।