नवनियुक्त मन्त्रीहरुले लिए सपथ

 मंसिर ५, २०७६ बिहीबार १२:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट पदाधिकारी उपस्थित भएका थिए ।

तस्बिर : रासस

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यस्तै, मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्धरलाई शहरी विकास र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले यसअघि कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रीका रुपमा जिम्मेवारी हेरफेरको जिम्मेवारी दिनुभएको थियो । 

तस्बिर : रासस

मन्त्रिपरिषद् पुनर्गठन हुँदा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिनुभएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया