प्रधानमन्त्रीले अलि बढी नै माया गरेर कानुन मन्त्रालयकाे जिम्मेवारी दिनुभयाे : उपेन्द्र यादव

 मंसिर ९, २०७६ सोमबार १५:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । 

सोमबार सिंहदबारमा पुगेर उहाँले कानुन मन्त्रालयको पदभार ग्रहण गर्नु भएको हो । त्यस अवसरमा उहाँले आफूलाई प्रधानमन्त्रीले अलि बढी नै माया गरेर कानुन मन्त्रालयमा पठाएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो ।

त्यही जिम्मेवारी ग्रहण गर्दै उहाँले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताउनुभयो । प्रधानमन्त्रीले तपाईँसँग परामर्शसमेत नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भो नि ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री समेत रहनु भएका यादवले प्रधानमन्त्रीले यस विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराउनुभयो ।

‘परामर्श गरिराख्नु पर्दैन, कानुनमन्त्री यादवको भनाइ थियो, ‘यो सामान्य कुरा हो, प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।’ प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुवभव होस् भनेर अलि बढी नै माया गरेर त्यस मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्ने पनि मन्त्री यादवको भनाइ छ ।

यसैबीच, उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई सचेत गराउनुभयो । मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया