नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
सुनसरी – बलात्कारको आरोप लागेका कृष्ण दासलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि आइतबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्न खोजेको थियो । तर अनुसन्धानका लागि प्रहरी कार्यालयमा लैजान प्रहरी अस्पताल पुगेपछि नाटकीय ढंगबाट दास आईसीयूमा भर्ना भएका थिए ।
सोमबार बिहान ५ बजे सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माको टोलीले दासलाई पक्राउ गरेको हो ।
शर्माका अनुसार दासको स्वास्थ्य अवस्था सामान्य रहेकाले पक्राउ गरिएको हो । आइतबार बिहान डीएसपीकै नेतृत्वमा गएको प्रहरीको टोली पुग्नेवितिकै हृदयघात भएको भन्दै उनलाई आईसीयूमा लगिएको थियो ।
पक्राउ परेका दासलाई एम्बुलेन्समा राखेर अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको शर्माले जानकारी दिनुभयो ।
सनसरीको चतराधाममा १२ वर्षदेखि सिद्धबाबाको रुपमा बस्दै आएका इटहरी–२० का कृष्ण दासले आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ ।
ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।