पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
चितवन - पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा ज्यान गुमाएका पाँचै जनाकाे परिचय खुलेको छ ।
शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पाँच जनाकाे ज्यान जानुका साथै एक जना घाइते भएका थिए ।
दुर्घटनामा परि मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ निवासी २५ वर्षीया मीना खड्का, ३२ वर्षकी माया तामाङ, ३५ वर्षकी निरु नेपाली, पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी नगरपालिका ८ बस्ने ४९ वर्षका श्याम प्रसाद तिवारी र खैरहनी ९ बस्ने ४२ वर्षका बिश्वमणी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताउनुभयो ।
मृतकहरुको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनामा घाइते चितवन खैरहनी ३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । अटो अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
तिव्र गतिमा रहेकाे अटाे ढुङ्गामा ठोक्कएर दुर्घटना भएको स्थानियले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।