रुसले युक्रेनमा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र...
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दक्षिण एसियाली खेलकुद प्रतियाेगिताकाे सफलतापूर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिनु भएको छ ।
सोमबार ओलम्पिक कमिटीले १ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको उहाँले प्रतिक्रिया दिनुभयो ।
प्रतियोगिता सुरु हुनु १ महिनाअघि आएको प्राविधिक टोलीलगायतका पर्यवेक्षकहरुले भौतिक पूर्वाधारको अवस्थाले हुन सक्दैन कि भनेर आशंका व्यक्त गरेको उहाँले बताउनुभयो । 'तर खेल सुरु हुनु अगाडि आएको त्यही प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तीन छक्क पर्याे', उहाँले बताउनुभयो । साथै साग प्रतियोगिताको सफलतापूर्वक सम्पन्न भएकोमा समेत सबैले प्रशंसा गरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिँदै आगामी दिनमा सच्चिँदै जाने पनि बताउनुभयो ।
१३औं साग प्रतियोगिता मंगलबार एक विशेष कार्यक्रमका बीच सकिँदै छ । यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरुको प्रतीक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ ।
१३औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले बताएको छ । यस्तो आवरण चित्र सार्वजनिक रुपमा खाम, चित्र टिसर्ट, विभिन्न आवरण पत्रहरुमा प्रयोग गर्न सकिन्छ । यसरि आवरण चित्र बनाइ प्रयोगमा ल्याइएको साग इतिहासमा भने पहिलो हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।