काठमाण्डाै म्याराथनकाे पुरूषमा आर्मीकाे बर्चश्व, नरेन्द्रले जिते उपाधि

महिलातर्फ कान्छिमायाकाे ह्याट्रिक

 पुष ५, २०७६ शनिबार ११:४७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै म्याराथनमा पुरुष तर्फ आर्मीले बर्चश्व जमाएको छ । जसमा नयाँ च्याम्पियनका रुपमा नरेन्द्रसिंह रावलले बाजि मारेका छन । पहिलो पटक म्याराथनको उपाधि जितेका नरेन्द्रले आफ्नै क्लबका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् । 

४२ किलोमिटरको दुरी नरेन्द्रले २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पुरा गरे ।  दोस्रो स्थानमा बेदबहादुर सुनुवार रहे । उनले २ घण्टा ३४ मिनेट १० सेकेण्डमा पुरा गरे । तेस्रोमा ज्ञानप्रसाद भट्टराई रहे । उनले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा पुरा गरे । 

यस्तै महिला तर्फको उपाधि कान्छिमाया कोजुले जितीन । उनले निर्धारीत दुरी २ घण्टा ५७ मिनेट २४ सेकेण्डमा पुरा गरिन । प्रतियोगितामा कान्छिमायाको यो लगातार तेस्रो उपाधि हो । यसअघिका दुई संस्करणमा उपाधि जितेकी कान्छिमायाले ह्याट्रिक गर्न सफल भइन । 

यस्तै हाफ म्याराथनमा त्रिभुवन आर्मीका राजन रोक्का र पूर्णलक्ष्मी न्यौपानेले स्वर्ण पदक हात पारेका छन् । काठमाण्डाैमा शनिबार बिहान भएको प्रतियोगिताको पुरुषतर्फ आर्मीका राजनले निर्धारित दुरी एक घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गरेका हुन् ।

यस्तै आर्मीकै हरि रिमालले एक घण्टा ११ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै दोस्रो भए भने आर्मीकै रामजी बस्नेत एक घण्टा १२ मिनेटमा २१ सेकेण्डमा तेस्रो बने ।

यस्तै महिला तर्फ पूर्णलक्ष्मीले एक घण्टा २८ मिनेट सुन्य तीन सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै दोस्रो बनेकी शानुमाय कार्कीले १ घण्टा  ३० मिनेट  ०१ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । नेपाल पुलिसकी रेखा विष्ट एक घण्टा ३१ मिनेट ३४ सकेण्डमा दुरी पुरा गर्दै तेस्रो भइन्  । 

पाँच किलोमिटरतर्फ पुरुषमा अजितकुमार यादव पहिलो भए । उनले निर्धारीत दुरी १७ मिनेट १९ दशमलव नौ एक सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा गजेन्द्र राई रहे । उनले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दुरी पुरा गरे । तेस्रो स्थानमा शिवबहादुर रायमाझी रहे । उनले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दुरी पार गरे । 

महिला तर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो भइन । उनले २२ मिनेट ३ दशमलव चार एक सेकेण्डमा दुरी पुरा गरिन । दोस्रो स्थानमा पुलिसकी विर्सना कुमाल रहिन । विर्सनाले २३ मिनेट नौ दशमलव तीन एक सेकेण्डमा दुरी पुरा गरिन । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया