काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
दैलेख – विप्लव नेतृत्वकाे नेकपा कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका दम्पतीमध्ये इला शाही सम्पर्कमा आउनुभएको छ ।
इलाले कालीकोटबाट फोन गरेको तर उहाँले आफूलाई नेकपाले नछोडेको बताउनुभएको आफन्तले बताएका छन् । उहाँले आफू कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा रहेको पनि जानकारी गराउनुभएको छ ।
उहाँका श्रीमान् ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकाे अवस्था भने अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ । शाही दम्पतीसहित धीरबहादुर शाहीका भाइ हस्तबहादुरलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार बेलुका अपहरण गरेर एक घण्टापछि छाेडेका थिए ।
भाइलाई हिजै बेलुका छाडेपनि दुई जनालाई भने अहिलेसम्म नछोडेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिनुभयो । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।
अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई विप्लब नेतृत्वको नेकपाले पहिला पनि चेतावनी पत्र दिएको थियो ।
याे पनि पढ्नुस्
मध्यरातमा दैलेखकाे ठाँटीकाँध गाउँपालिका अध्यक्ष र श्रीमती अपहरणमा |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।