भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – अस्ट्रेलियाकाे घरेलु क्रिकेट लिग 'बिग बाश' मा सन्दीप लामिछाने राम्रो बलिङ गरेका छन् ।
हाेबार्ट हुरिकेन्सविरुद्ध आइतबारकाे खेलमा सन्दीपले महत्वपूर्ण एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १८ रन दिँदै एक विकेट हात पारे ।
प्रतियाेगितामा मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।
मेलबर्नका मार्कस स्टाेइनिसले अविजित ८१ रन बनाए । जवाफमा १ सय ६४ रनकाे लक्ष्य पछ्याएर मैदानमा उत्रिएकाे हुरिकेन्स १५ ओभर ५ बलमा १ सय ११ रनमा अलआउट भयो ।
उसका दुई जना खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कालेब जेवेलले २५ रन बनाए, उनलाई सन्दीप लामिछानेले आउट गरे ।
टिमको सातौँ तथा व्यक्तिगत पहिलो ओभरमा सन्दीपले पहिलो र दोस्रो बल डट फालेका थिए । तेस्रो बलमा एक रन दिएका उनले चौथो बल वाइड गरे । त्यसपछि उनले अर्को बलमा एक रन दिए । पाँचौ बल पनि डट फालेका उनले अन्तिम बलमा एक रन खर्चिए ।
दोस्रो ओभरमा उनले दुई रन दिएर एक विकेट लिए । टिमको नवाैँ तथा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बल डट फालेका थिए । तर दोस्रो बलमा उनले विकेट लिन सफल भए । जेवेललाई उनले २५ रनमा पेभेलियन फर्काए । त्यसपछि तेस्रो बल डट फालेका सन्दीपले चौथो बलमा एक रन दिए । सन्दीपले पाँचौँ बलमा एक रन दिए भने छैटौँ बल डट फाले ।
तेस्रो ओभरमा सन्दीपले १४ रन खर्चिए । टिमको १४ औँ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा लेगबाइमा एक रन दिए । दोस्रो बलमा पनि एक रन खर्चिएका उनले तेस्रो बलमा ओभर थ्रोका कारण ५ रन खान पुगे । त्यसपछि चौथो बल डट फालेका सन्दीपले पाँचौँ बलमा एक रन दिए भने अन्तिम बलमा छक्का खाए ।
होबार्टको पारी कमजोर पार्न ह्यारिस रउफले ५ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।