सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।
भारतीय खेलाडी रवि शास्त्री र युवराज सिंह जस्तै उनले पनि एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् ।
उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वका सातौँ क्रिकेटर बनेका छन् । कार्टरले यो उपलब्धि न्युजिल्याण्डको घरेलु टी–२० प्रतियोगिता 'सुपर स्म्याश'मा नर्दन नाइटविरुद्ध आफ्नो टिम क्यानटरबरी किङ्सलाई जिताउँदा हासिल गरेका हुन् ।
२५ वर्षीय बायाँ हाते ब्याट्सम्यानले बाँया हाते स्पिनर एन्टन डिभिचको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले २९ बलमा अविजित ७० रन बनाउँदा उनको टिमले दुई सय २० रनको लक्ष्य सात विकेटले जित्यो ।
कार्टर घरेलु र अन्तर्राष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् ।
यो उपलब्धि हासिल गर्दै कार्टर ग्यारफिल्ड सोबर्स (सन् १९६८), रवि शास्त्री (सन् १९८४), हर्शेल गिब्स (सन् २००७), युवराज सिंह (सन् २००७), रस व्हाइट्ले (सन् २०१७), हजरतुल्लाह जजाई (सन् २०१८) को सूचीमा अटाएका छन् ।
भिडियाे हेर्नुस्–
— Dream11 Super Smash (@SuperSmashNZ) January 5, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।