शार्दुलले लिए एकै ओभरमा तीन विकेट, श्रीलङ्काविरुद्ध भारत सात विकेटले विजयी

 पुष २३, २०७६ बुधबार ६:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ४२ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अभिश्का फर्नान्डोले २२ रन बनाए ।

यस्तै धनुष्का गुनाथिल्का २० रन बनाउँदा धनन्जय डी सिल्भाले १७ रनको योगदान गरे । वानिदु हसरङ्गा १६ रनमा अविजित रहे ।

भारतका लागि शार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिँदै श्रीलङ्कालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । यस्तै कुलदीप यादव र नवदीप सैनीले समान दुई–दुई विकेट लिए ।

जवाफमा भारतले १७ ओभर ३ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । भारतका केएल राहुलले ४५ रन बनाए ।

त्यसपछि शिखर धवन ३२ रनमा आउट हुँदा भारतले ८६ रनमा दोस्रो विकेट गुमायाे । र अन्त्यमा श्रेयर अय्यर र कप्तान विराट कोहलीले भारतलाई जित दिलाए । अय्यरले ३४ रन बनाए भने कोहलीले ३० रनको योगदान गरे ।

बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले दुई विकेट लिए ।

जितसँगै भारतले तीन खेलको सिरीजमा एक–शून्यको अग्रता बनाएको छ । यी दुई टिमबीचकाे पहिलाे खेल भने वर्षाले रद्द भएको थियो । यी दुईबीचकाे तेस्राे तथा निर्णायक टी–२० आउँदाे शुक्रबार पुनेमा हुनेछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया