नेपाल आउने पर्यटकको संख्या घट्यो, सन् २०१९ मा साढे ११ लाख मात्रै पर्यटक भित्रिए

 पुष २७, २०७६ आइतबार १७:४६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको शुभारम्भ गरे पनि नेपाल आउने पर्यटकको संख्या भने घट्दै गएको पाइएको छ।

अध्यागमन विभागका अनुसार सन् २०१९ अर्थात गएको अंग्रेजी वर्षमा नेपाल आउने विदेशी पर्यटकको संख्या ११ लाख ५२ हजार ५ सय ६१ रहेको थियो । जबकी सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

सन् २०१९ मा भारत, चीन, अमेरिका, बेलायत जर्मनी लगायतका देशबाट आउने पर्यटकको संख्या अघिल्लो बर्षको तुलनामा बढेको छ । तर, श्रीलंका, बेलायत, फ्रान्स लगायतका केही युरोेपेली देशबाट आउने पर्यटक घटेका छन् ।

नेपाल आउने सबैभन्दा धेरै पर्यटक भारतका छन् । भारतबाट सन् २०१८ मा नेपाल आउने पर्यटकको संख्या २ लाख रहेकोमा सन् २०१९ मा २ लाख ९ हजार पुगेको छ । यस्तै चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार पर्यटक आएकोमा गएको वर्ष १ लाख ६९ हजार पुगेको छ । यस्तै अमेरिकी पर्यटक २ हजारले बढेर ९३ हजार पुगेका छन् । 

श्रीलंकाबाट आउने पर्यटकको संख्या १५ हजार भन्दा धेरैले घटेको छ । श्रीलंकाबाट सन् २०१८ मा ७० हजार ६ सय पर्यटक नेपाल आएकोमा सन् २०१९ मा ५५ हजार ८ सय ६९ पर्यटक मात्रै नेपाल आएका छन् । 

यस्तै बेलायतबाट आउने पर्यटक पनि घटेका छन् । सन् २०१८ मा ६३ हजार पर्यटक आएकोमा अहिले ६१ हजार पर्यटक आएका छन् । यस्तै सन् २०१८ मा फ्रान्सबाट ३१ हजार पर्यटक आएकोमा सन् २०१९ मा ३० हजार ६ सय पर्यटक आएका छन् । 

यस्तै गएको वर्ष जर्मनबाट ३६ हजार, थाइल्याण्डबाट ४१ हजार, अष्ट्रेलियाबाट ३८ हजार, बंगलादेशबाट २५ हजार, म्यानमारबाट ३६ हजार, मलेसियाबाट २१ हजार, जापानबाट ३० हजार, कोरियाबाट २९ हजार पर्यटक नेपाल आएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया