काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
नेपालगञ्ज - भारतको बहराईचमा रहेकाे एक होटलमा बुधबार मृत अवस्थामा भेटिनुभएका बाँकेको कोहलपुर-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको पुष्टि भएको छ ।
कोहलपुर नगर कार्यपालिकाका प्रवक्ता माधव रिजालले खड्काले आत्महत्या गर्नुभन्दा अघि लेखेको सुसाइड नोट होटलमा फेला परेको जानकारी
दिनुभयो ।
खड्काको मृत्युलगत्तै कोहलपुर नगरपालिका र नेकपाका नेता सम्मिलित टोली बुधबार बहराईच पुगेको थियो । टोलीमा सहभागी प्रवक्ता रिजालले बैंकमा ऋण भएका खड्काले बैंकबाट विभिन्नखाले यातना पाएका कारण आत्महत्या रोजेको चिठीमा उल्लेख गर्नुभएको छ ।
श्रोतका अनुसार सिद्धार्थ बैङ्कमा वडाध्यक्ष खड्काको करिब २० लाख ऋण छ ।
खड्काको शव भारतमा औपचारिक प्रक्रिया पुरा गरि बिहिवार कोहलपुर स्थित निवासमा ल्याइएको छ । उहाँको शुक्रबार अन्तिम संस्कार गरिने भएको छ ।
खड्काले आत्महत्याका लागि उपयुक्त ठानेर बहराईचको शंकर होटल रोजेको पत्रमा उल्लेख गर्नुभएको छ ।
स्थानीय निर्वाचनम नेकपा एमालेबाट विजयी हुनुभएका ६८ वर्षीय खड्का नेकपा जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । खड्का मंगलबार बिहान जमुनाह नाकाबाट रुपैडिया प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।