आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
सुनसरी - जिल्ला अदालत सुनसरीले दिएको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका एक नम्बर न्यायाधीश प्रेमप्रसाद कार्की र २ नम्बर न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसले गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको हो।
गएको असोजमा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा पीडित महिलाले मुद्दा दर्ता गर्नुभएकाे थियाे । त्यस मुद्दामा जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधकृष्ण उप्रेतीले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिनुभएकाे थियाे ।
जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारबाहीकाे प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उच्च अदालत विराटनगरमा अघिल्लो बिहीबार निवेदन दर्ता गरिएको थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।