इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार दुई वटा खेल हुँदैछ ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
बिहान साढे ११ बजे हुने पहिलाे खेलमा हिमालयन र सरस्वती खेल्दै छन् । अहिलेसम्म एउटा खेलमा पनि जित हात पार्न नसकेको सरस्वती क्लब लिगको पुछारमा छ ।
रेलिगेशनमा पर्ने निश्चित भएसकेको भए पनि बाँकी पाँच खेलमा राम्रो प्रदर्शन गर्न सके सरस्वती घटुवा हुनबाट बच्न सक्नेछ । सरस्वतीकाे आठ खेलमा जम्मा एक अङ्क छ । हिमालयन शेर्पा क्लब पनि रेलिगेशनको खतराबाट टरेको छैन । आठ खेल सकिँदा हिमालयन शेर्पा सात अङ्क बनाउँदै रेलिगेशन जोनभन्दा एक स्थानमात्र माथि छ ।
दिउँसो तीन बजे हुने खेलमा उपाधिको दाबेदार आर्मीले जावलाखेलसँग खेल्दैछ । आर्मी शीर्ष स्थानको मच्छिन्द्रभन्दा दुई अङ्कले पछि छ । जावलाखेललाई हराएमा आर्मीले लिगमा अग्रता लिनुका साथै उपाधि होड पनि प्रतिस्पर्धात्मक बन्नेछ ।
आठ खेल सकिँदा आर्मीले पाँचमा जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अङ्क बनाएको छ ।
जावलाखेल भने आर्मीलाई हराएर शीर्ष ६ मा पुग्ने लक्ष्यमा छ । आठ खेलबाट १२ अङ्क बनाएको जावलाखेलले याे खेलमा जित हात पारेको खण्डमा चौथो स्थानमा उक्लिनेछ । जावलाखेलले थ्री स्टारलाई पछि धकेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।