काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - एनआईसी एसिया बैंक लिमिटेड र सामसङ मोबाइलबीच बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी एस १० तथ १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैङ्किङ्ग सेवामार्फत बैंकको पीओएस र क्यूआर प्रयोग गरी मोबाइल खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने सहमति भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसङको नेपालमा रहेको कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले हस्ताक्षर गरे ।
माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुने यो योजनाबाट बैंकका ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् । बैंकले आफ्नो रणनीतिअनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै आइरहेको छ ।
साथै ग्राहकले विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
याे छुट देशभर रहेको विभिन्न २ सय ५ अस्पताल, ६ सय होटल, रिर्सोट तथा रेस्टुरेन्ट, ९ सय रिटेल आउटलेट तथा ३ सय २० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरुबाट ग्राहकहरुले सजिलै प्राप्त गर्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।