काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा हुने भएको छ ।
बुधबार सुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
यसका लागि फागुन १ गतेदेखि असार मसान्तसम्म देशभर विशेष एकता अभियान चलाउने नेकपाकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । साउनदेखि भदौसम्म थप छलफल, बहस, अन्तरक्रिया गरिने उहाँले बताउनुभयो ।
यस्तै भदौदेखि मंसिरसम्मा पालिका र प्रदेशको अधिवेशन गर्ने अध्यक्षद्वयले राजनीतिक प्रतिवेदनमा प्रस्ताव गर्नु भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि भोलिदेखि १५ वटा समूहमा छलफल हुनेछ ।
समूहमा छलफल भएपश्चात टोली नेताहरुले केन्द्रिय समिति बैठकमा सुझाव पेश गर्नु हुनेछ । राष्ट्रियसभा गृह, नेकपाको केन्द्रिय कार्यालय धुम्बाराही र कोटेश्वरको पेरिसडाँडामा हुने छलफलबाट आएका सुझाव समेटेर आउँदो १७ र १८ गते केन्द्रीय समितिमा थप छलफल भएपछि १९ गते बैठक सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।