इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
नवौँ चरणको अन्तिम खेल अन्तर्गत मनाङले संकटामाथि ३–० गोलको जित दर्ता गरेको हो । जित दर्ता गर्दै मनाङले दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ ।
मनाङ र मछिन्द्रको समान १९–१९ अंक छ भने त्रिभुवन आर्मी २० अंकका साथ शीर्ष स्थानमा छ । सातदोबाटोमा भएको खेलमा मनाङले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल गरेको थियो ।
पहिलो हाफको ४१ औँ मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेपछि मनाङले अग्रता लियाे । त्यसैगरी अन्जन विष्टले फेमीको पासमा ४३ औँ मिनेटमा गोल गर्दै मनाङकको अग्रता दोब्बर पारे । ७१ औँ मिनेटमा निशान लिम्बुले गोल थपेपछि मनाङ सहज जिततर्फ अगाडि बढेको हो ।
त्यसअघि खेलको ७ औँ मिनेटमा अन्जन विष्टको प्रहार संकटाका डिफेन्डरले रोकेका थिए । १५ औँ मिनेटमा मनाङले पाएको फ्री किक संकटाका गोलकिपरले बचाए । खेलको १९ औँ मिनेटमा संकटाले पाएको मौकालाई सदुपयोग गर्न सकेन । मनाङका गोलकिपर बिट भैसकेको अवस्थामा संकटाका बिमल राणा गोल गर्न चुके ।
त्यस्तै २३ औँ मिनेटमा मनाङका निशान लिम्बूको प्रहार संकटाका गोलरक्षकले बचाए । खेलको २६ औँ मिनेटमा संकटका कर्म सुब्बाले प्रहार गरेको बल मनाङका मिडफिल्डर भिडालले फर्काए ।
पहिलो हाफ सकिँदासम्म गोल फर्काउन नसकेपछि संकटा मनाङविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको थियो ।
त्यस्तै दोस्रो हाफमा पनि लयमा फर्कनका लागि संकटाको प्रयास जारी रह्यो । खेलको ६८ औँ मिनेटमा संकटाका सुभाष गुरुङको फ्री किक प्रहारमा मनाङका डिफेन्डिङ वाल बाधक बन्यो ।
त्यसपछि खेलको ८९ औँ मिनेटमा मनाङका खेलाडीले फल गरेपछि संकटाले फ्री किक पाएको थियो तर सदुपयोग गर्न नसकेका कारण मनाङसँग पराजित हुन पुग्यो ।
यस जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै शीर्ष तीनमा प्रवेश गरेको छ भने संकटा १२ अंकसहित आठौँ स्थानमा रहेको छ । मनाङ र संकटाबिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मनाङका अन्जन विष्ट केल्मि म्यान अफ दि म्याच घोषित भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।