त्रिविका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – वेस्टह्याम युनाइटेडलाई हराउँदै लिभरपुलले इङ्ग्लिश प्रिमियर लिगमा १९ अङ्कको अग्रता लिएको छ ।
वेस्टह्यामको मैदानमा भएको २४औँ चरणको खेलमा लिभरपुलले घरेलु टोलीलाई दुई–शून्यले गाेल अन्तरले हराउँदा मोहम्मद सलाह र एलेक्स ओक्लाड च्याम्बरलिनले एक–एक गोल गरे ।
३४औँ मिनेटमा इस्ला डिओपले लिभरपुलका डिभोक ओरिगीलाई फल गेका कारण लिभरपुलले पेनाल्टी पायो । त्याे पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरे ।
५२औँ मिनेटमा च्याम्बरलिनले गोल गरेपछि लिभरपुलले दुई गोलको अग्रता लियो । त्यसपछि पनि मोहम्मद सलाहले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर उनको प्रहार पोस्टमा लागेर फर्किन पुग्यो ।
जितसँगै लिभरपुलले २४ खेलबाट ७० अङ्क बनाएको छ । २४ खेलमा लिभरपुलको याे २३औँ जित हो । एउटा खेल बराबरी भए पनि लिभरपुलले पछिल्लो १५ खेल हारेको छैन ।
सन् १९९० को उपाधि जितेपछि १८ पटकको लिग च्याम्पियन लिभरपुलले उपाधि जित्न सकेको छैन । तर यो संस्करणमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई १९ अङ्कले पछि पारेपछि लिभरपुल कीर्तिमानसहितको उपाधि जित्ने हाेडमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।