सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दाेस्राे खेलमा आइतबार दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
यी दुईबीचकाे खेल दिउँसाे ३ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा सुरु हुनेछ । ए डिभिजन लिगको पहिलो उपाधि जित्ने दाउमा रहेको आर्मी अहिले २० अङ्कसहित दोस्रो स्थानमा छ ।
आइतबारकाे खेलमा जित हात पारेमा आर्मी शीर्ष स्थानको मछिन्द्रलाई एक अङ्कले पछि पार्दै शीर्ष स्थानमा फर्कनेछ । याे खेलकाे बराबरी वा पराजय आर्मीका लागि निकै महँगो साबित हुनेछ ।
९ खेल सकिँदा आर्मीले ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । नेपाल पुलिस क्लब भने १४ अङ्कसहित छैटौँ स्थानमा छ । पाँच पटकको विजेता पुलिसको लक्ष्य शीर्ष ६ भित्र रहने हो ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । सङ्कटा आठौँ स्थानमा छ भने हिमालयन शेर्पा क्लबलाई रेलिगेशनको चरम दबाब छ । शेर्पाले ९ खेल खेल्दा एक जित, चार बराबरी र चार हारका साथ सात अङ्क बनाएको छ ।
शेर्पा रेलिगेशन जोनभन्दा दुई अङ्कमात्र माथि छ । त्यसैले शेर्पा आइतबारकाे खेलमा जित हात पार्दै सुरक्षित रहन चाहन्छ ।
गएकाे संस्करणको उपविजेता सङ्कटाले भने यो संस्करणमा औसत प्रदर्शन गरेको छ । उसले ९ खेलमा तीन जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ । १२ अङ्कसहित सङ्कटा आठौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।