त्रिविका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाण्डौ आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टाेली आइतबार राति काठमाण्डौ ओर्लिएको हो ।
मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा तीन दिन अगाडि आइपुगेको हो । आइतबार राति आठ बजे काठमाण्डौ पुग्ने तालिका भए पनि विमान डिले हुँदा राति साढे १० बजे टिम नेपाल पुगेको हो ।
आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो ।
अमेरिकाले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो । अमेरिकी टिमले काठमाण्डौमा भोली कीर्तिपुरमा अभ्यास गर्नेछ । यस्तै पर्सी (मंगलबार) मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरिकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ ।
त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ । अमेरिकाले करिब १० वर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो ।
जसमा टिम उपविजेता बनेको थियो । त्यस बेला खेलेका टिमका कुनै पनि खेलाडी अहिले छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।