उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - लियोनल मेस्सी र बार्सिलोनाबीचको सम्बन्ध केही खस्किएको बताइन्छ । लियोनल मेस्सी तथा अबिडालका बीचमा भएको विवादका कारण मेस्सीले बार्सिलोना छाड्न सक्ने बताइएको छ ।
बार्सिलोनाका कप्तानमाथि केही ठूला क्लबहरुको नजर परेको बताइएको छ तर मेस्सीले आफैँले भने मे महिनाभन्दा अघि आफ्नो निर्णय सुनाउने बताएका छन् ।बार्सिलोनासँगको मेस्सीको सम्झौता २०२१ मा सकिँदैछ । यस्तैमा मेस्सीले आफ्नो लक्ष्य र योजनाका बारेमा बताएका छन् ।
‘पैसा मेरो लागि केही हैन । मेरो लागि सबैभन्दा ठूलो कुरा खेल जित्नु हो’, मेस्सीले भने । ‘यस परिस्थतिमा म केही बोल्न चाहन्न र मेरो बुबाले यस बारेमा क्लबसँग वार्ता गरिरहनु भएकाे छ । म अहिले केही बोल्न चाहन्न’, मेस्सीले भने ।
सञ्चारमाध्यमका अनुसार पीएसजी, म्यानचेस्टर सिटी, म्यान युनाइटेड, युभेन्टस र इन्टर मिलान मेस्सीलाई अनुबन्धित गर्नका लागि इच्छुक देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।