चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो

 माघ २५, २०७६ शनिबार ७:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको हो । 

यस्तै, ३१ हजार २ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ । चीन बाहिर २५ देशका २ सय ७० जनामा पनि कोरोना को संक्रमण भएको पाइएको छ ।

यसैबिच, हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई आजदेखि १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । चीनमा फैलिरहेको कोरोना भाइरसका कारण एकजनाको ज्यान गएको र २६ जनामा संक्रमण देखिएकाले शनिबारदेखि चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हङकङले जनाएको हो । 

यो निर्णय नमाने जरिवाना र जेल सजाय हुनेछ । हङकङ पुग्ने आगन्तुक १४ दिन होटलभित्रै वा सरकारले संचालन गरेको क्वारेण्टाइनमा जानुपर्नेछ भने हङकङका नागरिक आफ्नै घरभित्र बस्नुपर्ने नियम आजदेखि लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया