अर्घाखाँचीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गयो, एक जना...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – आइसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजेपछि त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
शरद भेषवाकर घाइते भएपछि उनको ठाउँमा सुवास खकुरेलले खेल्ने सम्भावना छ । यससँगै शनिबार सुवास र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने सम्भावना धेरै छ । ओमनसँगको खेलमा ज्ञानेन्द्रले पारस खड्कासँग ओपनिङ गरेका थिए । तर दुवै ओपनरले राम्रो खेल्न नसक्दा नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।
प्रतियोगितामा नेपाल र अमेरिका दबै ओमानसँग पराजित भएका छन् । अमेरिका सन २०१० पछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएको हो । २०१२ मा भएको नेपाल र अमेरिकाले डिभिजन चारमा खेलेका थिए । जसमा नेपाल विजेता बन्दा अमेरिका दोस्रो भएको थियो । यस्तै, २०१३ मा डिभिजन थ्रीमा खेल्दा नेपाल च्याम्पियन भएर डिभिजन दुई मा उक्लियो ।
अमेरिका भने डिभिजन तीनमा नै रह्यो । अमेरिकी टिममा यसपटक अष्ट्रेलिया, इङ्ग्ल्याण्ड, वेष्ट इण्डिजका खेलाडी धेरै छन् । उसले अहिलेसम्म खेलेका आठ खेलमा अमेरिकाका मुख्यगरि आरोन जोन्स र मोनाङ्क पटेलको प्रदर्शन उत्कृष्ट रहेको छ । प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचीमा जोन्स दोस्रो र पटेल आठौं स्थानमा छन ।
५० ओभरमा सन् २००८ देखिका प्रतिद्वन्द्वी नेपाल र अमेरिकाको हेड टु हेड :
डिभिजन ५, सन २००८
दुई खेल नतिजाविहीन
तेस्रो खेलमा नेपाल ९६ रनले विजयी
डिभिजन ५, सन् २०१०
अमेरिका ५ विकेटले विजयी (दर्शकको अवरोध)
यहि प्रतियोगिताको फाइनल
नेपाल ५ विकेटले विजयी
डिभिजन ४, सन् २०१२
नेपाल ३२ रनले विजयी
यहि प्रतियोगिताको फाइनल
नेपाल ८ विकेटले विजयी
डिभिजन ३, सन् २०१३
अमेरिका ९४ रनले विजयी
डिभिजन ३, सन् २०१४
बर्षाले नतिजाविहीन
यहि प्रतियोगिताको अर्को खेलमा नेपाल १० रनले विजयी ।।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।