नेपालले दियाे ओमानलाई २ सय ५० रनकाे लक्ष्य

 माघ २६, २०७६ आइतबार १३:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई दुई रनको ५० रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४९ रन बनायो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक अर्धशतकीय पारी खेले । उनी ७६ बलमा ५६ रन बनाउँदै आउट भए । सुवास खकुरेलले २२, पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेखले र कुशल मल्लले २८–२८ रनको योगदान गरे । 

ओमानका लागि अकिब ल्लियासले चार विकेट लिए । त्यस्तै मोहम्मद नदीमले तीन विकेट लिए । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया